+
+

ऋणको भाका सार्न करिब ३३ लाखको सामान चोरीको नाटक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १३:१३

१७ जेठ, मकवानपुर । बैंकबाट लिएको ५० लाख रुपैयाँ ऋण तिर्ने भाका सार्न एक व्यवसायीले पसलमा चोरी भएको नाटक गरेका छन् ।

मकवानपुरको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले बैंकको ऋणको भाका सार्ने र पसलको विमा दाबी गर्ने उद्देश्यले चोरीको नाटक गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ८ जेठमा घिमिरेको पसलमा ३२ लाख ९३ हजार रुपैयाँ बराबरको मालसामान चोरी भएको भन्दै निवेदन परेको थियो ।

तर, अनुसन्धानका क्रममा घिमिरेको दाबी पुष्टि हुने कुनै प्रमाण भेटिएन ।

प्रहरीका अनुसार ८ गते नै काठमाडौंबाट आएको भनिएको ३१ बोरा वाइरिङको तार चोरी भएको भनिए पनि डेलिभरी स्टकमा केही उल्लेख थिएन ।

प्राविधिक पक्षबाट अनुसन्धान गर्दै जाँदा प्रहरीले हेटौंडाको पारिजात पथमा रहेको देवेन्द्र सापकोटाको घरमा रहेको कोठामा चोरी भएको भनिएको एलइडी बत्ती ११ कार्टुन, स्वीच ९ कार्टुन र सिलिङ पंखा ४ कार्टुन भेटिएको थियो । त्यहाँ घिमिरे आफैंले ती सामान लगेको देखिएको प्रहरीको भनाइ छ ।

अनुसन्धानका क्रममा घिमिरेले चोरी हुनु केही दिनअघि मात्र सिद्धार्थ इन्स्यूरेन्स लिमिटेडमा पसलको विमा गरिएको खुलेको थियो । जुन दाबी गर्नसमेत घिमिरेले चोरीको नाटक गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?