
Photo Credit : भारतीय विदेश मन्त्रालयका प्रवक्ताको ट्विटर
१७ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तँ भएको हो ।
भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई रुद्राक्ष उपहार दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4