+
+

वर्षदिनमा १० लाख कार्टुन बिक्यो गोल्डेन ओक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १९:४९

१७ जेठ, काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको व्यवस्थापनमा संचालित हिमालयन डिष्टिलरी लिमिटेडको उत्पादन गोल्डेन ओकले यस वर्ष १० लाख कार्टुन बिक्री गरेको रेकर्ड कायम गरेको छ ।

यस परिमाणको बिक्रीले उद्योगको उत्पादनप्रति उपभोक्ताहरुको विश्वसनीयताका साथै उत्पादित मदिराको गुणस्तर समेत अब्बल रहेको पुष्टि भएको कम्पनीले बताएको छ । गोल्डेन ओकको उत्पादन प्रक्रियालाई अति सुक्ष्म तरिकाबाट पूर्णता दिएको कम्पनीले जनाएको छ ।

उच्चस्तरीय कच्चा पदार्थको मिश्रणका साथ अग्राखका ठेकीमा परिपक्व गरेर बनाइने यो ब्राण्डमा स्वादको असलीपनाको मिठास लुकेको कम्पनीको दावी गरेको छ । ४० यूपी शक्ति समूहको यो ब्राण्डको मदिरालाई सरलताका साथ ग्रहण गर्न सकिनेछ ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने, “गोल्डेन ओकको उत्पादनप्रति हामीलाई अत्यन्त खुशी लागेको छ, आफ्नै विशिष्ट स्वाद भएको गोल्डेन ओकले आज बिक्रीको जुन रकेर्ड कायम गरेको छ, त्यसबाट नेपाली उत्पादनहरु पनि अन्तरराष्ट्रिय स्तरका छन् भन्ने प्रमाणित गरिदिएको छ ।”

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले आफ्नो विभिन्न सदस्य उद्योगहरुसँग मिलेर स्वदेशी लगायत विदेशका प्रचलित ब्राण्डका मदिरा तथा बीयरहरुको नेपालमा उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?