+
+

बैंकिङ क्षेत्रका कर्मचारीलाई तालिम दिन फिलिपिन्समा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते १७:१७

२ असार, काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बीएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज बिच सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने गरी सम्झौता भएको हो ।

सोमबार फिलिपिन्सको मनिलामा आयोजि एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा बीएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र कालोम्बो प्लान स्टाफ कलेजका तर्फबाट महानिर्देशक डा. रामहरि लामिछाने हस्ताक्षर गरे ।

बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने कार्यकारी नेतृत्व विकास कार्यक्रम सोमबारदेखि मनिलामा शुरु भएको छ । उक्त कार्यक्रमको उद्घाटन समारोहमा उक्त सम्झौता भएको हो ।

समझदारी पत्रमा दुई संस्था बिचको समन्वयमा बिभिन्न तालीम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुको ज्ञान विकासका लागि संयुक्त रुपमा मान्यता प्राप्त शिक्षण संस्था संग आबद्ध भई ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालन गर्ने, कलेजले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरुलाई इन्र्टनशिपमा पठाउन सकिने लगायतका बिषयबस्तुहरु समाबेश गरिएका छन् ।

बीएफआईएनका प्रबन्ध निर्देशक आत्रेयले उक्त समझदारीले नेपालको मानव संसाधन विकासको क्षेत्रमा उल्लेखनिय योगदान पुग्ने बताए । यस सम्झौता पश्चात उक्त स्टाफ कलेजका सदस्य राष्ट्रहरु लगायत एशिया प्यासिफिक राष्ट्रहरुमा समेत शैक्षिक कार्यक्रमहरुको आयोजना गर्न सकिने हुदाँ अनुभव तथा ज्ञान आर्जनमा महत्वपूर्ण भुमिका रहने समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?