+
+

समतामा झुण्डिएको अवस्थामा महिलाको शव फेला, आफन्तको प्रदर्शनले अस्पतालमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते १२:००

३ असार, काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । महिला मृत फेला परेसँगै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

२७ वर्षीया विमला तामाङको शव सोमबार राति अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको हो । रामेछाप दोरम्बा घर भएकी उनी त्यही अस्पतालमा क्लिनरका रुपमा काम गर्दै आइरहेकी थिइन् ।

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले समतामा कार्यरत तामाङको शव झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

यसबारे अनुसन्धानका लागि परिसरबाट डीएसपी होमिन्द्र बोगटीसहितको टोली घटनास्थल पुगेको छ ।

घटनापछि आफन्तले अस्पतालकाे तोडफोडमा उत्रिएका छन् । तोडफोडपछि अस्पताल अशान्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?