+
+

विश्वकप क्रिकेट : लय विर्सिएको दक्षिण अफ्रिका र बलियो न्युजिल्यान्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते ७:४०

४ असार, काठमाडौं । दक्षिण अफ्रिकाले जुन स्तरको प्रदर्शन गरेको छ त्यो उसको वास्तविक खेल होइन । जुन खेल प्रदर्शन गर्नु पर्ने थियो त्यो सकिरहेको छैन । के बुधबार हुने न्युजिल्यान्डविरुद्धको खेलमा दक्षिण अफ्रिका पुरानै लयमा फर्किन सक्छ ?

इंग्ल्यान्डको भूमि दक्षिण अफ्रिकालाई फापी रहेको छैन । पाँच खेलमध्ये तीन खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिका निकै कठिन अवस्थामा छ । तर न्युजिल्यान्डलाई पराजित गर्दै पुरानै लयमा फर्किने दक्षिण अफ्रिकाको लक्ष्य छ ।

बिरमिङह्याममा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि पनि आजको खेल दक्षिण अफ्रिकाले जित्नै पर्ने हुन्छ । दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा इंल्ग्यान्डसँग १०४ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको दक्षिण अफ्रिकाले तेस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भयो । वेष्ट इन्डिजसँगको चौथो खेल भने पानीले विथोलिएको थियो । पाँचौ खेलमा भने उसले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

यता, न्युजिल्यान्ड भने जारी विश्वकपमा अपराजित टिम हो । न्युजिल्यान्डले खेलको चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा भने वर्षा बाधक बनेपछि अंक बाँडेको छ । उच्च लयमा देखिएको न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले, बंगलादेशलाई दुई विकेटले र अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । तर भारतसँगको खेलमा भने पानी परेपछि न्युजिल्यान्डले अंक बाँडेको थियो ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डी कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, बेउरन हेन्ड्रिक्स, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?