+
+

सुदूरपश्चिममा कांग्रेस र राजपाले जलायो बजेट पुस्तिका

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ५ गते १९:२७

५ असार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले बिहीबार बजेट पुस्तिका जलाएका छन् ।

बिहीबार दिउँसो प्रदेशसभाको बैठक बहिस्कार गरेलगत्तै प्रदेश सभाको गेटमै सासंदहरुले आगामी आर्थिक वर्षको बजेटको विरोध गर्दै रातो किताब जलाएका हुन् । कांग्रेस र राजपाका सांसदले बजेटको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

सासंदलाई समेत अपमान गर्ने किसिमको बजेट प्रदेश सरकारले ल्याएको उनीहरुले आरोप लगाएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले जनतामैत्री बजेट नल्याएकाले बजेट पुस्तिका जलाइएको बताए ।

प्रदेश सदस्य भरत खड्काले प्रदेश सरकारले लुटतन्त्र मच्चाउन र आफ्ना आसेपासेलाई पाल्न रातो किताबमा शिर्षक विना नै बजेट राखिएको बताउँदै उक्त बजेट आफुहरुलाई स्वीकार्य नहुने बताए ।

कांग्रेस र राजपाका प्रदेश सदस्यले यो बजेट संशोधन नगरुन्जेल आफूहरुलाई मान्य नहुने बताएका छन् । बिहीबारको प्रदेशसभा बैठकमा कांग्रेसले अवरोध गरेको थियो । कांग्रेसले अवरोध गरेपछि बैठक ८ गतेसम्मका लागि स्थिगित भएको संसद सचिवालय जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?