+
+

काभ्रेमा घर भत्किँदा १ गम्भीर, २ को उद्धार

रासस रासस
२०७६ असार ७ गते १०:२४

७ असार, काभ्रे । मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ ।

शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्किँदा थलप्रसाद सापकोटोको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते भएकी हुन् । उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुवै जनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले जानकारी दिए ।

स्थानीयवासीको सहयोगमा पुरिएका तीनै जनाको तत्कालै उद्धार गरिएको हो ।

तामाङको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

नगरकोट घर भएका तामाङ दम्पति सापकोटाको घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । भारी वर्षाका कारण पर्खाल भत्किएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?