+
+

थुनुवा मृत्युको विरोधमा रौतहटमा प्रहरीविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १३:४४

११ असार, रौतहट । रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका हुन् ।

मंगलबार चन्द्रपुर सडकखण्डको बालचनपुर नजिक भएको प्रहरी भ्यान दुर्घटनामा थुनुवाहरु चन्द्रपुरका २० वर्षका निर्मल साह र सुनसरी इनर्वा १ का रमेश कुमार चौधरीको मृत्यु भएको थियो ।

लागुऔषध मुद्दाका आरोपी साह र सवारी ज्यान मुद्दाका चौधरीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने क्रममा उनीहरु चढेको गाडी दुर्घटना भएको थियो ।

जिल्ला वन कार्यालयले वन मुद्दामा वरामद गरेको भारतीय गाडी प्रहरीले प्रयोग गर्दै आएको थियो । उक्त गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा प्रहरी पनि घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?