+
+

सिसडोलमा स्थानीयको अवरोध, काठमाडौंमा फोहोर उठेन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १४ गते २०:०३

१४ असार, काठमाडौं । नुवाकोटको सिसडोलबासीले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् ।

सिसडोलको ल्यान्डफिल्डसाइट प्रवाधित क्षेत्रका स्थानीयबासी चार दिनदेखि आन्दोलनमा छन् । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यसले काठमाडौंका सडक किनारामा थुपि्रएका फोहोर व्यवस्थापनमा कठिनाई भएको छ ।

शनिबार भने प्रहरी परिचालन गरेर ६० वा गाडीको फोहोर फालिएको छ । त्यसक्रममा फोहोर बोकेर गएका गाडीलाई स्कर्टिङ गरेका प्रहरी र स्थानीयबासीबीच सामान्य झडप भएको छ । केही स्थानीय र प्रहरी घाइते भएका छन् ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने पटक-पटक छलफलमा लागि बोलाउँदा पनि स्थानीयबासी वार्तामा नआएको बताउँछन् । ‘पटक-पटक बोलाउँदा पनि उहाँहरु छलफलमा लागि आउनु भएन,’ उनी भन्छन्,’ हामी मागबारे सम्बोधन गर्ने प्रक्रिया अघि बढाउन तयार छौं ।’

स्थानीय बासिन्दा छलफलमा पनि नआउने र फोहोर पनि रोक्ने काम गरेको भन्दै भोलिबाट अवस्थालाई नियन्त्रणमा राखेर फोहोर उठाउन थाल्ने बताए । ‘अवरोध कायम रहे प्रहरीको स्कर्टिङमा फोहोर फाल्छौं,’ उनले भने,’त्यसका लागि स्थानीय प्रशासनसँग छलफल गरेर कर्फ्यु लगाउन पनि सक्छौं ।’

महानगरपालिकाले ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि छलफल गरेको छ, जसमा फोहोर फाल्न अवरोध नगर्ने र स्थानीयको माग प्रक्रियाबाटै सम्बोधन गर्ने सहमति भएको छ । तर, स्थानीयबाट लिखित रुपमा कुनै पनि माग पेश नगरेकाले के आधारमा सम्बोधन गर्ने भन्ने अन्यौल रहेको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?