+
+

विप्लव समूहले भन्यो : प्रहरीको प्रतिरोध गर्दा नीरकुमारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १६:४२

२६ असार, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको छ ।

बिहीबार सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को मृत्यु भएको दाबी गरिएको छ ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।

विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।

उनको टोलीसँग समगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगाका सेक्रेटरी निरकुमारको परिवारसँग भेटघाट गरेर फर्किने क्रममा जम्काभेट भएको उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?