+
+

त्रिवि सेवा आयोगको अनियमिततामा मुछिएका पाण्डेद्वारा आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते २०:५९

३ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह–सचिव रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । कानुन व्यवसायीसँग छलफल गरेर फर्किने क्रममा त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर उनले आत्महत्या गरेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डेले भवनको पाँचौं तलाबाट बिहीबार दिउँसो हामफालेका थिए । उनीविरुद्ध एक वर्ष जेल सजाय माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

लमजुङ घर भएका पाण्डे पछिल्लो समय कीर्तिपुर बस्दै आएका थिए । उनी प्रेसर र डिप्रेसनको समेत रोगी भएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

शुक्रबार पाण्डेको शवलाई पोस्टमार्टम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?