+
+

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन प्रधानमन्त्रीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १७:२०

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन आग्रह गरेका छन् । त्यसो गरे उपकुलपति होस् कि पदाधिकारी होस्, कसैलाई पनि नछाड्ने उनले बताएका छन् ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । मान्छे नियुक्त गर्ने भर्ती केन्द्र पनि होइन, ब्यापारको थलो पनि होइन । कुन पार्टीका छन् मलाई मतलब छैन ।’

दबावमा काम नगर्ने भन्दै उनले भने, ‘उपकुलपतिको गल्ती छ भने माफी हुन्न । अरुको छ भने पनि हुन्न ।’

प्रधानमन्त्री ओलीले प्रतिष्ठानबारे छानबिन गर्न बनेको समितिको रिपोर्ट आफूले पाउनु अगाडि नै सार्वजनिक भएकोमा समेत असन्तुष्टि जनाएका छन् । ‘कुलपति कहाँ रिपोर्ट पुग्नु अगाडि कुलपतिले सञ्चार माध्यमहरबाट थाहा पाउँछ’ उनले भने, ‘कस्तो रिपोर्ट हो ? छानबिन गर्न जानु भयो कि राजनीति ?’

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई स्वच्छ र पारदर्शी बनाउनेतर्फ केन्दि्रत हुन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?