+
+

पुरुषोत्तम खनाल बने दूरसञ्चार प्राधिकरणको अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १८:०७

९ साउन, काठमाडौं । दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले अध्यक्षमा खनाललाई नियुक्त गरेको हो ।

यसअघि उनी प्राधिकरणमा कार्यबाहक अध्यक्ष थिए । खुला प्रतिस्पर्धामार्फत सरकारले खनाललाई अध्यक्षमा नियुक्त भएका हुन् ।

यसअघि प्राधिकरणमा निर्देशक रहेका खनाललाई दिगम्बर झाको राजीनामा पछि सरकारले कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको थियो । खनाल सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटा निकट मानिन्छन् ।

प्राधिकरणका अध्यक्ष नहुँदा विभिन्न महत्वपूर्ण नीतिगत निर्णयहरु रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?