
१४ साउन, काठमाडौं । श्रीमतीलाई छुरा हानेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका १० घडिर्अवाका २४ वर्षका रोसनकुमार गुप्तालाई पक्राउ गरेको छ ।
उनले कान्छी श्रीमती २२ वर्षकी मनु चौधरीलाई वीरगञ्जको भिस्वा डाँडा घुमाउन लगी झाडीमा धारिलो हतियार (छुरा) ले घाँटी रेटी घाइते बनाएको प्रहरीले जनाएको छ ।
मनुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा थप उपचारका लागि नेशनल मेडिकल कलेजमा सारिएको छ । रोसनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको पर्सा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4