
३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
बिहीबार बिहान टि्वट गर्दै ओलीले साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।
वरिष्ठ साहित्य साधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ । स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
— KP Sharma Oli (@PM_Nepal) August 15, 2019
दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखेर श्रद्धाञ्जलि अर्पण गर्नेबारे परामर्श भइरहेको छ । दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ ।
दीक्षितको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4