
१ भदौ, काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले अनलाइनखबरलाई जानकारी दिए । काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् ।
दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो ।
पुरस्कार असोज ३ गते वितरण गरिनेछ ।
गुठीले यसअघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4