+
+

घुस लिएको अभियोगमा नायव सुब्बामाथि मुद्धा दायर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १९:०६

९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर विरूद्ध सेवाग्राहीसँग घुसलिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि नायव सुब्बा ठाकुर विरुद्ध सोमबार मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?