+
+

५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १९:४६

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्मत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेका सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले न्युज २४ टेलिभिजनका सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, सोही टेलिभिजनका कार्यरत पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यस्तै अर्की अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

अदालतको आदेशपछि लामिछाने र कँडेल धरौटी रकम बुझाएर रिहा भएका हुन् । रिहा भएपछि सञ्चारकर्मी लामिछानेले आफूप्रति सहानुभूति प्रकट गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

यो पनि पढ्नुहोस् : 

रवि लामिछानेले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?