
१० जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-१८ का सुमन खड्का छन् ।
उनलाई क्षेत्रपाटीबाट पक्राउ गरेर फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।
ब्युरोका एसपी दिपक रेग्मीका अनुसार, खड्कालाई उच्च अदालत, पाटनले २०७१ सालमा ४ वर्ष ५ महिना १ दिन कैद सजाय सुनाएको थियो । त्यसअघि जिल्ला अदालत, काठमाडैंले सुरुमा सफाइ दिएको थियो । तर, उच्च अदालतले जिल्लाको फैसलालाई उल्ट्याएको थियो ।
प्रहरीका अनुसार, खड्काले विवाह गर्ने प्रलोभनमा आर्थिक अवस्था कमजोर भएको १५ वर्षीया बालिकालाई पटकपटक जबरजस्तीकरणी गरेका थिए ।
यसैबीच, ब्युरोले बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार तारकेश्वर-११ का प्रभात विक्रम थापलाई पनि पक्राउ गरेको छ । उनलाई उच्च अदालत, पाटनले ४ चैत ०७५ मा ८ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय सुनाएको थियो ।
प्रतिक्रिया 4