
११ भदौ, बुटवल । बुटवल दीपनगरमा रहेको बाल विद्या मन्दिरमा रहेका बालबालिकालाई अपांगता परिचय पत्र वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख गोमादेवी आचार्यले १८ जनालाई रातो कार्ड वितरण गरेकी हुन् ।
आचार्यले फरक क्षमता भएका सबैलाई नगरले उचित संरक्षण गर्दै उपयुक्त अवसर जुटाउने बताइन् ।
उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई लगत संकलन गरेर उनीहरुको अवस्थाका आधारमा क, ख र ग गरी तीन प्रकारका परिचयपत्र वितरण गर्दै आएको छ ।
अपांगता भएर पनि कसैले परिचयपत्र नपाएको भए बुटवल उपमहानगरपालिकाका १९ वटै वडा कार्यालयमा सम्पर्क राख्न उपमहानगरले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4