+
+

भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत : रावल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते ११:३४

११ भदौ, धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको बताएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएका प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको बताए । साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको पनि बताए ।

बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता रावलले आधुनिक युगमा गयौं भन्दैमा अरु विषयको ख्याल नै नगरिनु राम्रो नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा छन् । उनले सोमबार भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?