+
+

विद्युत प्राधिकरणले गर्‍यो कर्मचारीको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १५:४६

११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारी सरुवा गरेको छ । यसपटक ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक  प्रवन्धक र ७ औं तहको  इञ्जिनियरहरुको सरुवा भएको छ ।

एकैपटक ८५ जना अधिकारीहरु सरुवामा परेका छन् । प्राधिकरणले अधिकांश वितरण केन्द्र प्रमुखहरुको सरुवा गरेको हो।

प्राधिकरणले चुहावट नियन्त्रण र सेवा सुधारलाई आधार बनाएर सरुवा गर्ने गरेको छ । एउटा कार्यालयमा दुई वर्ष बसेपछि केन्द्र प्रमुखहरुको सुरुवा गर्ने गरिएको छ ।

प्राधिरकणले नियमित रुपमा भदौ महिनामा यस्तो सरुवा गर्दै आएको छ । यसपटक धेरै वितरण केन्द्र प्रमुख नै सरुवा भएका छन् ।

प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ । एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा ह्रास आउने भएकाले उनीहरुलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?