+
+

सनातन धर्ममाथि योजनाबद्ध आक्रमण भयो : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १६:५३

११ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको बताएका छन् ।

हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही बर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताएका हुन् ।

धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउदै लगेको थापाको दावी छ ।

उनले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए । अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भइरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराए ।

उनले १० बर्षको बीचमा दशौ लाखको धर्म परिर्वतन भएको दाबी गर्दै धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?