+
+

प्रदेश ५ अब्बल प्रदेशः मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १७:०६

११ भदौ, गुल्मी । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ अब्बल प्रदेश भएको दाबी गरेका छन् ।

धुर्कोट गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले धेरै कानुन बनाउने, विकास खर्च धेरै गर्न सफल लगायतका अन्य थुप्रै काम गरेकाले प्रदेश ५ अब्बल प्रदेश भएको बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले मुलुकको विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको भन्दै देशमा संघीयता आइसकेपछि देश विकासको बाटोमा अगाडि बढ्न थालेको बताए ।

आफ्नै भवनमा धुर्कोट गाउँपालिका

धुर्कोट गाउँपालिकाले आफ्नै भवनबाट बुधबारदेखि कार्यालय सञ्चालन गरेको छ ।

नव निर्मित भवनको उद्घाटन मुख्यमन्त्री शंकर पोखरेलले गरेसँगै गाउँपालिकाले आफ्नै भवनबाट कार्यसम्पादन सुचारु गरेको हो ।

१ करोड ३५ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?