+
+

सरकारले कम्युनिस्ट राज्य बनाउन खोज्दैछः देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १९:०७

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट राज्य बनाउने खतरा बढ्दै गएको बताएका छन् ।

ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा सभापति देउबाले नेकपाको सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकाले कम्युनिस्ट राज्य बनाउन खोजेको बताए ।

सरकार प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधि भएको टिप्पणी गर्दै उनले सरकारविरुद्ध एकजुट हुन आग्रह गरे ।

सरकारको गलत कदमका विरुद्ध कांग्रेसले विरोध गरिरहेको भन्दै सभापति देउवाले प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि आफ्नो पार्टीले निरन्तर संघर्ष जारी राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?