
१२ भदौ, काठमाडौं । पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई एकपटक फेरि पत्र लेख्दै भारत प्रशासित जम्मू कश्मीरमा मानवअधिकार उल्लंघन भएको जनाएको छ ।
विदेशमन्त्री शाह महमूद कुरैशीले पत्र लेख्दै जम्मू कश्मीरको हालत लगातार बिग्रिँदै गएको र मानवअधिकार गम्भीर संकटमा परेको बताएका हुन् ।
पाकिस्तानको मानवअधिकार मन्त्री शिरिन मजारीको ट्वीटले पनि संयुक्त राष्ट्रसंघलाई पत्र लेखिएको पुष्टि भएको छ ।
पत्रमा कश्मीरमा तीन सातादेखि जारी लकडाउन तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ । भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन टोलीको संख्या दोब्बर बनाउन तथा अनुगमन टोलीलाई एलओसी पार गर्ने अनुमतिका लागि भारतलाई मनाउन पत्रमा सुझावसमेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4