+
+

सरकारी गाडीको दुरुपयोग नगर्न प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १६:२०

१२ भदौ, वीरगञ्ज । सेतो नम्बर प्लेट भएका सरकारी सवारी साधनको दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ ।

विहीबार विज्ञप्ती जारी गर्दै सरकारी गाडीको दुरुपयोग नगर्न प्रशासनले आग्रह गरेको हो । सरकारी गाडी सार्वजनिक विदाको दिन चलाउनुको साथै व्यक्तिगत र राजनीतिक दलको कार्यक्रममा समेत प्रयोग हुन थालेपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो ।

‘सरकारी कामका लागि प्रयोग गर्न सरकारी गाडी खरिद गरिएको हो, ब्यक्तिगत प्रयोजन एवम् सार्वजनिक विदाका दिन समेत प्रयोग भएको पाईएको छ । सवारी साधन कुनै कारणले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर, सार्वजनिक विदा बाहेकका दिनमा प्रयोग गर्न परेमा अधिकार प्राप्त अधिकारीसँग अनुमति लिनुपर्ने कानुनी ब्यवस्था छ ।’

विज्ञप्तीमा भनिएको छ, ‘तीनै तहका सरकार, जनप्रतिनिधि र कर्मचारीको हकमा अनिवार्य लागू हुने भएकोले कसैले यो कानुनको उल्लंघन गरेको खण्डमा कारबाही गरिन्छ ।’

सरकारी गाडीमा पार्टीको झन्डा लगाउने लगायतका जथाभावी प्रयोग बढेको सूचना प्रशासनमा आएकोले नियम अनुसार सरकारी सवारी साधन प्रयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?