
१२ भदौ, वीरगञ्ज । लामखुट्टेको शरीरमा नगर प्रमुखको फोटो जोडेर गरिएको प्रदर्शनलाई वीरगञ्ज महानगरपालिकाले गैरकानुनी भएको भन्दै आपत्ती जनाएको छ ।
महानगरपालिकाले विहीबार विज्ञप्ती जारी गर्दै उक्त कार्य मुलुकी अपराध संहिता विपरित भएको दावी गरेको हो ।
नगरप्रमुखको व्यक्तिगत मानमर्दन र चरित्र हत्या गर्न खोजेको विषयप्रति वीरगञ्ज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय जनता पार्टी नगर समिति वीरगंजले बुधबार वीरगञ्जमा गरेको विरोध प्रर्दशनको ब्यानरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको फोटोलाई लामखुट्टेको शरीरमा जोडेर ब्यानर बनाइएको थियो ।
महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नगर प्रमुखको तस्वीरको स्वरुप विगारी सार्वजनिक गर्नु गैरकानुनी, अराजनीतिक र गैरसंवैधानिक हर्कत हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4