+
+

कन्टेनर र पिकअपको ठक्करबाट चितवनमा २ गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते ११:१७

१३ भदौ, चितवन । पूर्वी चितवनको खैरहनीमा कन्टेनर र भरतपुर महानगरपालिका-२९, जुगेडीमा पिकअप भ्यानले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

ना ३ ख ८८१५ नम्बरको कन्टेनरले खैरहनी नगरपालिका–९, सिमलटाँडीमा साइकलयात्रीलाई शुक्रबार बिहान ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइतेको परिचय नखुलेको र अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीले ठक्कर दिने चालक र कन्टेनरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ ।

त्यस्तै, भरतपुर महानगरपालिका–२९, जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ प ६३१५ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा एक पैदल यात्रु गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिराञ्चोक गाउँपालिका–२, गोरखाका १७ वर्षीय रमेश बराल रहेका छन् । उनको भरतपुर अस्पतालमा अहिले उपचार भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार ठक्कर दिने पिकअप भ्यान र चालकलाई जुगेडी चौकीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?