+
+

गाईगोरु फालेको घटनामा गृहले थाल्यो छानविन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १४ गते २१:१३

१४ भदौ, काठमाडौं । नेपालगञ्जबाट ल्याएका गाईगोरु बाटोमै फालेको घटनाबारे गृह मन्त्रालयले छानविन थालेको छ । उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति नै बनाइएको मन्त्रालयले जनाएको छ ।

समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ । गौहत्या गम्भीर अपराध भएको भन्दै मन्त्रालयले संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।

दैलेखको श्रीनाथ लैजान भन्दै नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई पठाइएको थियो । तर सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा २४ वटा गाईगोरु मृत भेटिए । १४४ वटा त्यही छाडिएका थिए ।

गाई गोरु छाड्ने ५ वटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?