+
+

लुटेरा समूहसँग प्रहरीको पेस्तोल !

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १५:५२

२२ भदौ, काठमाडौं । प्रहरीसँग मात्रै हुने पेस्तोल लुटेरा समूहबाट बरामद भएको छ ।

शनिबार पक्राउ परेका लुटपाटमा संलग्न ८ जनाबाट प्रहरीले दुईवटा ७.२२ एमएम चाइनिज पेस्तोल, ४ राउण्ड गोली र २ थान म्यागजिन पनि बरामद गरेको थियो ।

उनीहरुबाट बरामद भएका पेस्तोल प्रहरीसँग मात्रै हुने काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बताए ।

द्वन्द्वकालमा माओवादीले लुटेको पेस्तोल लुटेरा समूहसँग पुगेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेका ८ जनामध्ये रसुवाका यार्साङ घले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएकोले माओवादीले लुटेको पेस्तोल हुनसक्ने आशंका गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?