+
+

काठमाडौंमा त्रिदेशीय ‘ट्राभल शो’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १७:०९

२५ भदौ, काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो नेपालमा आयोजना हुने भएको छ । झण्डै १ हजार विदेशी पाहुनालाई नेपाल ल्याएर नेपाल–इण्डिया–चाइना एक्सो (नाइस) आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

नेपाल भ्रमण वर्षको सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वयमा हुने यो कार्यक्रम पाटा नेपाल च्याप्टरले आयोजना गर्न लागेको हो । नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई मुलुकबाट बढी भन्दा बढी पर्यटक भित्राउने उद्देश्यसहित एक्स्पो आयोजना भएको भ्रमण वर्ष संयोजक सुरज वैद्यले बताए ।

‘हामी दुई ठूलो स्रोत बजारको बीचमा अवस्थित छौं, उनले भने, ‘यसलाई मात्र उपयोग गर्न सक्ने हो भने हामीले लक्षित गरेको पर्यटक आगमनको आँकडा पुर्‍याउन मुश्किल छैन ।’

एक्स्पो २१ देखि २४ फेब्रुअरीमा आयोजना हुने छ । त्यसअगाडी नै नेपाल आएका पाहुनालाई विभिन्न गन्तब्यसम्म पुर्‍याई पर्यटन प्रवद्र्धन गर्ने योजना आयोजकको रहेको छ । नेपालका लागि यो कार्यक्रम ऐतिहासिक हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

एक्स्पोमा २ सय भन्दा बढी क्रेताले भाग लिने कार्यक्रममा बताइयो । १ सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी संचारकर्मी, १५ जना विज्ञ वक्तालाई आमन्त्रण गर्ने योजना आयाजकको रहेको छ । एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटेल÷रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीहरुको सहभागिता हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?