+
+

विदेशी ज्वाइँलाई नागरिकता दिन सकिन्न : सरकार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २६ गते १४:१७
Photo Credit : गृहसचिव प्रेमकुमार राई /अनलाइनखबर फाइल ।

काठमाडौं । सरकारले तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने बताएको छ ।

नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइरहेको छ । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ ।

तर, समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने बताए । विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्नपर्नु र यसका लागि ३/४ वर्ष समय लाग्ने उनले बताए ।

यद्यपि संसदीय समिति आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको गृहसचिव राईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?