
२६ साउन, रामेछाप । रामेछापमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु बिक्रीका लागि राख्ने गरेको पाइएको छ ।
म्याद नाघेका दैनिक उपभोग्य वस्तु वीष समान मानिएपनि व्यवसायीहरुले बेच्नका लागि पसलमा राख्ने गरेको पाइएको हो ।
गाउँदेखि जिल्ला सदरमुकाम मन्थलीका बजारसम्म म्याद नाघेका दैनिक उपभोग्य वस्तुहरु बेच्नका लागि पसलमा राख्ने गरेको पाइएको हो ।
जिल्ला स्तरीय बजार अनुगमन समितिले बजार अनुगमनका क्रममा म्याद नाघेका दैनिक उपभोग्य सामाग्रीका साथै औषधीसमेत बिक्रीका लागि राख्ने गरेको फेला पारेको हो ।
घरमा लगाउने रङ्गदेखि विरामीलाई खुवाउने ग्लुकोज र जुस समेत म्याद नाघेका सामानहरु बिक्रीका लागि राख्ने गरेको पाइएको बजार अनुगमनको नेतृत्व गर्दै आएका जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले बताए ।
अनुगमनमा यस्ता म्याद नाघेका सामानहरु जफत गरी सचेत गराउँदा समेत म्याद नाघेका सामानहरुको बिक्री नरोकिएको उनले बताए ।
प्रतिक्रिया 4