+
+

राष्ट्रपतिबाट फिर्ता आएको राहदानी विधेयक राष्ट्रियसभाबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १८:५५

३१ भदौ, काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको राहदानीसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकले राहदानी विधेयक २०७५ माथि विधायन व्यवस्थापन समितिको संशोधन अनुसार परिमार्जन गरी पारित गरेको हो ।

यसअघि गत वैशाखमा राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिको संशोधन अनुसार विधेयक परिमार्जन नै नगरी पारित गरेको थियो । त्यसपछि राष्ट्रपतिसमक्ष पुगेको विधेयक पुनर्विचारका लागि फिर्ता आएको थियो ।

फिर्ता आएको विधेयक मंगलबार भने विधायन व्यवस्थापन समितिको संशोधनअनुसार परिमार्जन गरी पारित गरिएको हो । मंगलबार परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । तर विधेयकमाथि राष्ट्रियसभाका कुनै सांसदले पनि धारणा राखेनन् ।

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राहदानी विधेयक २०७५ माथि विधायन व्यवस्थापन समितिले गरेको संशोधनलाई निर्णयार्थ पेश गरेका थिए । ती सबै संशोधनलाई राष्ट्रियसभाले सर्वसम्मतले पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?