+
+

जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ : नेम्वाङ   

रासस रासस
२०७६ असोज १३ गते १४:०४

१३ असोज, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए ।

सोमबार इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो संघर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्‍याउन आफू प्रयत्नशील रहेको उनले बताए । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, उनले भने, “अहिले कति विकास भएको छ आफै देख्न सकिन्छ ।” जिल्लका सबै घरमा विद्युत् पुर्‍याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?