
१३ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ बांदरेमोडमा सोमबार स्वराज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार सिन्धुपालचोकका २९ वर्षीय राजिब गुरुङ रहेका छन् ।
चितवनबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको गाडीले विपरित दिशातर्फ जाँदै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईलाम बाजुकी २ का ३० वर्षीय मिलन राई घाइते भएका छन् । घाइते राईलाई उपचारका लागि राजमार्ग अस्पताल मलेखु पठाइएको धादिङ प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडीका चालक धादिङ ज्वालामुखी गाउँपालिका-६ सुनखानीका ३० वर्षीय प्रेम नारायण श्रेष्ठ ईलाका प्रहरी कार्यालय गजुरी धादिङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4