+
+

दशैंमा प्याजले रुवायो, एकै दिन ३० रुपैयाँ मूल्य बढ्यो

भारतको प्रतिबन्धको नेपालमा असर

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १५:४१

१३ असोज, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ ।

कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ (औसतमा) पुगेको छ । जुन अघिल्लो दिन आइतबार मात्र १०५ रुपैयाँ मात्र थियो ।

पछिल्लो दुई दिनमा अरु तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन तर प्याजमा भने एकै दिनमा ३० रुपैयाँसम्म मूल्य बढेको छ ।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको साझो असर नेपाली बजारमा परेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । उनले भने, ‘अहिले नै मूल्य नबढ्नु पर्ने हो तर व्यापारीहरुले आउँदा नै मूल्य बढेर आयो भन्छन् ।’

कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार दैनिक औसत ८० टन प्याज भारतबाट आयात हुँदै आएको थियो । सोमबार भने २० टन मात्र आएको छ ।

नेपाल बजारको करिव ९० प्रतिशत माग भारतबाट आयात गरिने प्याजले धान्न गरेको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारको माग घरेलु उत्पादनले धान्दैन । भारतको विकल्पमा चिनियाँ प्याज आउनसक्छ ।

उपनिर्देशक श्रेष्ठ भन्छन्, ‘स्वाद नमिठो भएको भन्दै त्यति ल्याउने गरेको थिएन । आउन समय पनि लाग्थ्यो । अब भारतबाट नआएपछि चाइनिज आउँछ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?