
१३ असोज, काठमाडौं । दशैंका लागि सरकारले सोमबारदेखि च्यांग्राको बिक्री थालेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सोमबारदेखि थापाथलीबाट च्यांग्राको बिक्री गर्न थालेको हो ।
जिउँदो च्यांग्रा प्रतिकिलो ७ सय ३० रुपैयाँमा बिक्री गरेको कम्पनीले जनाएको छ । दशैंका लागि सरकारले मुस्ताङबाट च्यांग्रा ल्याएको हो ।
दशैंका लागि ल्याएको खसीबोका आइतबारदेखि नै बिक्री भइरहेको छ । सर्वसाधारणले थापाथलीस्थित बिक्री केन्द्रमा गई च्यांग्रा खरिद गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4