+
+

महोत्तरीबाट चाँदीसहित २ जना भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १७:४९

१३ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी नगरपालिकाबाट चाँदीसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सितामढीका रोहित साह र सुनिल ठाकुर रहेका छन् । उनीहरुको साथबाट डेढ किलो चाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बीआर ३० एम ७९९० नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउने क्रममा चेकजाँच गर्दा सशस्त्र प्रहरीको ९ नम्वर गणको टोलीले उनीहरुलाई चाँदीसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण श्रेष्ठले बताए ।

सशस्त्रको चेकजाँच टोलीलाई देखेपछि उनीहरु मोटरसाइकल छाडेर भाग्ने क्रममा मटिहानी नगरपालिका ९ जलसागर भन्ने ठाउँबाट पक्राउ गरेको श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?