+
+

लालबाबुले भने – रेडियो मेकानिकले पनि अनलाइन चलाए

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १८:१६

१३ असोज, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारिताकोे विश्वसनीयतामा कमी आएको बताएका छन् ।

स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न सोमबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले रेडियो मेकानिकले पनि अनलाइन चलाएका कारण विश्वसनीयता कमी आएको बताएका हुन् ।

भेडा च्याङ्ग्रा भनेर नेपाली र विदेशी नेताको फोटो छापिएको र गत चुनावमा रेडियो मेकानिकले पनि आफ्नो गलत समाचार लेखेको बताए । ‘गएको चुनावमा लालबाबु पण्डित चारा घोटलामा पाँच वर्षका लागि जेल चलान भनेर फोटो राखेर समाचार लेखिएको थियो’ उनले भने ‘कसले लेखेछ खोज्दै जाँदा मोरङको सिजुवामा गएर एउटा रेडियो मेकानिकले अनलाइन चलाएको रहेछ, के भन्ने मेकानिकले अनलाइन चलाएको छ ?’

अन्य मुलुकमा पनि आफ्नो मर्यादा आचारण र अनुशासन आफैंले निर्णय गरेर पालन गर्दै आएको बताउँदै उनले अनुशासनहीन समाजमा कोही पनि रहन नसक्ने बताए । उनले समाचार लेख्दा सत्य तथ्यको गहिराइमा पुग्नुपर्ने बताए । पण्डितले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने काममा नलाग्ने बताए ।

नेपाल प्रेस संगठन मोरङले आयोजना गरेको कार्यक्रममा नगद १५ हजार रुपैयाँ राशीको स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार इन्दिरा भट्टराईलाई प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?