
१८ असोज, काठमाडौं । नेपाल प्रहरीले पनि दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।
महाअष्टमी, महानवमी र विजयादशमीको दिन प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा रुटमा प्रहरीको बस सञ्चालन हुनेछ । ती बस बिहान ११ बजेदेखि ४ बजेसम्म चल्नेछ ।
दशैंको अवसरमा नेपाली सेना र सशस्त्र प्रहरी बलले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4