काठमाडौं । इडन हर्जाडले क्लबका लागि पहिलो गोल गर्दा रियल मड्रिडले ग्रानाडालाई हराएको छ ।
शनिबार राति भएको खेलमा रियलले दोस्रो स्थानमा रहेको ग्रनाडालाई ४–२ गोल अन्तरले हराएको हो ।
बेर्नाबाउमा भएको खेलमा रियलले दोस्रो मिनेटमा नै करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइममा हजार्डले गोल गरे । चेल्सीबाट यो सिजन रियल गएका उनको यो पहिलो गोल समेत हो ।
दोस्रो हाफको ६१ औं मिनेटमा लुका मोडरिकले गोल गरे । तर ग्रनाडाले हार खाएन । ६९ औं मिनेटमा पेनाल्टीमा गोल गरेको उसका लागि ७७ औं मिनेटमा डोमेंगो डुआर्टले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत गरेका थिए ।
तर इन्जुरी टाइममा जेम्स रेड्रिग्वेजले गोल गर्दै रियल मड्रिडलाई ४–२ को जित दिलाएका छन् ।
जितपछि रियल ८ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको ग्रानाडाको १४ अंक छ ।
प्रतिक्रिया 4