काठमाडौं । जेम्स मिल्नरको इन्जुरी टाइमको पेनाल्टी गोलसँगै लिभरपुलले लेस्टरमाथि नाटकीय जित हात पारेको छ र प्रिमियर लिगको शीर्ष स्थानमा कायमै रहेको छ ।
बेन्डन रोजर्सको टिम लिभरपुरबाट अंक खोस्ने सम्भावना थियो तर इन्जुरी टाइममा मार्क अलब्राइटनले साडियो मानेलाई फल गरेपछि पेनाल्टी पायो । भीएआरमार्फत पेनाल्टी पाएपछि लिभरपुलका म्यानेजर जोर्गेज क्लप खुसी भए ।
एन्फिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफको अन्त्यतिर मानेकै गोलबाट अग्रता लिएको थियो । तर ८० औं पमनेटमा मेडिन्सनले बराबरी गोल फर्काएका थिए ।
जितपछि जिभरपुलको ८ खेलबाट २४ अंक भएको छ र लिगको शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको १६ र तेस्रो स्थानमा रहेको लेस्टरको १४ अंक छ ।
प्रतिक्रिया 4