+
+

लामोसाँघुको विद्युत सबस्टेशनमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते १३:३०
Photo Credit : दिनेश थापा

१० कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ ।

नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताए ।

सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको उनले बताए ।

सबस्टेशनको ३० एमभीए क्षमताको बुसिङमा आगो लागेपछि घटना भएको प्राधिकरणले बताएको छ । आगलागीका कारण चरिकोटमा अहिले विद्युत काटिए पनि वैकल्पिक व्यवस्था गरेर आधा घण्टाभित्र सेवा सुचारु गर्ने प्राधिकरणले बताएको छ ।

यो सबस्टेशनमा आगलागी भएपछि ३ मेगावाटको भैरवकुण्ड , ४.३ मेगावाटको बरम्ची र सिपि्रङखोला आयोजना ७.६ मेगावाट विजुली सिस्टमबाट बाहिरिएको छ । १६ मेगावाट सिस्टमबाट बाहिरिए पनि वैकल्पिक व्यवस्था गरेर सो क्षेत्रको लक्ष्मीपूजामा लाइन नजाने व्यवस्था गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?