
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् ।
अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास भइरहेको भन्दै उनले यस्ता षडयन्त्रलाई निस्तेज पार्ने गरी तयारी अवस्थामा रहन तरुण तथा विद्यार्थीहरुलाई निर्देशन दिए । नेपाल तरुण दलले आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले बोल्न, लेख्न तथा संगठन खोल्न पाउने प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व तरुण र युवाहरुको काँधमा आएका बताए ।
‘नेपाली जनताको स्वाभिमानका साथ बाँच्न पाउने जो अधिकार छ, मुलुकको राष्ट्रिय एकतालाई अक्षुण राख्नु पर्ने कामहरु गर्नुपर्ने बेला आएको छ,’ उनले भने ‘सो जिम्मेवारी पूरा गर्न पार्टीका तरुण र युवा विद्यार्थीहरुलाई तयार रहन म आग्रह गर्दछु ।’
६६ वर्षअघि तरुण दल स्थापनाकै दिन पारेर राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री विपी कोइरालालाई जेल पठाएर निरंकुशता लादेको स्मरण गराए ।
प्रतिक्रिया 4