+
+

त्रिभुवन विमानस्थलले भन्यो : तीन महिनाभित्र समस्या समाधान हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते १७:४९

११ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी तीन महिनाभित्र विमानस्थल भित्रका समस्या समाधान हुने बताएको छ । अहिले जहाज आकाशमा होल्ड हुने, मैदानमै डिले हुने तथा उडान नै रद्द भई देशभर यात्रुले विमान कम्पनीविरुद्ध आक्रोश पोखिरहेका छन् ।

खासगरी त्रिभुवन विमानस्थलमा धावनमार्ग र ट्याक्सी वेको पुनरुत्थानको काम जारी रहेको र २ वटा अन्तर्राष्ट्रिय स्तरका जहाज पार्किङ गर्न सक्ने पार्किङ निर्माण भइरहेको छ ।

यी संरचनाको निर्माणको काम तीन महिनाभित्र सकिने र त्यसपछि भने उडान–अवतरण सहज हुने विमानस्थल कार्यालयले जनाएको छ ।

‘त्रिभुवन विमानस्थलमा संचालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक वायुसेवा कम्पनीलाई सकेसम्म सहज रुपमा विमान सञ्चालन गराउन कार्यालयले हर सम्भव प्रयास गरिरहेकै छ,’ कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आगामी तीन महिनाभित्र समस्या विस्तारै निराकरण हुँदै जानेछन् ।’

संरचना निर्माणबाहेक मौसमको खराबीका कारण यान्त्रिक नियमअनुसार मात्र सञ्चालन हुने जहाज (आईएफआर)लाई आँखाले हेरेर मात्र गर्नुपर्ने उडान नियम (भीएफआर)मा रुपान्तरण गरी चलाउनु पर्दासमेत केही समय ढिला हुने गरेको छ विमानस्थलले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?