+
+

चारजना चढेको मोटरसाइकल रुखमा ठोक्कियो, चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ११ गते १०:०३
Photo Credit : onlinekhabar/File

११ कात्तिक, कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घाइते अन्य तीन जनामध्ये एकजनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ ५ बजेतिर ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक नवलपरासीको कावासोती-५ निवासी २२ वर्षीय कृष्ण कुमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको र उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कावासोती ३ का १६ वर्षीय अमन पुनमगर, कावासोती ५ का राम परियार र धनबहादुर कुमाल घाइते भएका छन् । घाइतेहरुमध्ये अमन पुनमगरको अवस्था गम्भीर छ । उनलाई उपचार गर्न चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको छ ।

मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्न प्रतिबन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?