+
+

बझाङमा १३ किलो चरेससहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ११ गते १६:५४

११ कात्तिक, कैलाली । अवैध लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको आरोपमा बझाङबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका-८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् । बझाङको सदरमुकाम चैनपुरबाट ना६ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा प्रहरी चौकी स्याडी, बझाङको टोलीले दिनेशलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुईवटा झोलामा कालो प्लाष्टिकमा राखेको १३ किलो ९०० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेश बमले जानकारी दिए ।

पक्राउ परेका जप्रेललाई जिल्ला प्रहरी कार्यालय बझाङमा राखी थप अनुसन्धान गरिहेको डीएसपी बमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?